२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

हिमालयन लघुवित्तद्धारा बाढी प्रभावितको लागि आर्थिक सहयोग प्रदान

हिमालयन लघुवित्तद्धारा बाढी प्रभावितको लागि आर्थिक सहयोग प्रदान

545
Shares

काठमाडौं -हिमालयन लघुवित्त वित्तीय संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । प्राकृतिक विपद्को दुखद् घडीमा प्रभावित समुदायसँग संस्थाको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै, प्रभावित नागरिकहरूको उद्वार÷राहत तथा पुनरस्थापनाका लागि सहयोग पु¥याउने उद्देश्यले सो सहयोग गरेको कम्पनीले जनाएको छ ।

२०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ्ग लगायत आसपासका जिल्लाहरूमा भएको ठूलो जनधनको क्षतिप्रति वित्तीय संस्थाले गहिरो दुःख व्यक्त गरेको छ। संस्थाले यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ। साथै कम्पनीले बाढीका कारण घाइते भएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

प्राकृतिक विपद्का कारण सम्पर्कविहीन भएका सर्वसाधारण, सरकारी तथा विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीहरू तथा परिवारजनले व्यहोर्नु परेको पीडा तथा कठिनाइप्रति संस्थाले गहिरो सहानुभूति प्रकट गर्दै उद्वार तथा राहत कार्यमा निरन्तर संलग्न सम्पूर्ण सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, सामाजिक संघसंस्था तथा स्वयंसेवकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij