२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भोटेकोसी बाढीपीडितलाई भीमफेदीको पाँच लाख सहयोग

भोटेकोसी बाढीपीडितलाई भीमफेदीको पाँच लाख सहयोग

325
Shares

मकवानपुर- भीमफेदी गाउँपालिकाले भोटेकोसी बाढी पीडितलाई राहत, उद्धार तथा पुनःस्थापनाका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

गाउँपालिकाले रसुवाका गोसाइँकुण्ड गाउँपालिका र उत्तरगया गाउँपालिका तथा नुवाकोटका आमाछोदिङ्मो, कालिका र किस्पाङ गाउँपालिकालाई जनही एक लाख रुपैयाँका दरले कुल पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने पालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो ।

विपद्का समयमा तत्काल राहत तथा पुनःस्थापनाका काममा सहयोग पु¥याउने उद्देश्यले गाउँपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको लामाले बताउनुभयो । सहयोग रकम गाउँपालिकाका जनप्रतिनिधिले प्राप्त गर्ने पारिश्रमिकबाट जम्मा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij