काठमाडौँ — भोटेकोशी बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि विशाल ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।
बाढीबाट भएको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत विशाल ग्रुप तथा त्यससँग सम्बन्धित कम्पनीहरूबाट प्राप्त उक्त सहयोग रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको जनाएको छ ।
ग्रुपका प्रबन्ध निर्देशक अशोककुमार अग्रवालले अर्थमन्त्री वाग्लेलाई बुधबार भेटेर सो रकमको चेक हस्तान्तरण गरेका हुन् । विशाल ग्रुपले बाढीका कारण दिवंगत भएका नागरिकप्रति श्रद्धाञ्जली तथा परिवारप्रति समवेदना व्यक्त गर्दै बाढीमा परेर घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।
सोही ग्रुपको सामाजिक उत्तरदायित्व निकाय भीजी फाउन्डेसनले बाढी प्रभावितका लागि १ करोड बराबरको अत्यावश्यक सामग्रीसहितको ५ हजार बक्स उपलब्ध गराउने जनाइएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij