२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग

अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग

250
Shares

काठमाडौँ संयुक्त राज्य अमेरिकी मानवीय संस्था सामरिटन्स पर्सबाट भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई सहयोगका लागि उपलब्ध ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री आज काठमाडौँ आइपुगेको छ ।

बाढी प्रभावित क्षेत्रमा स्थानीयस्तरमा कार्यरत संस्थामार्फत दुई हजार ६०० परिवारलाइ सहयोग स्वरुप पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ किट तथा सौर्य बत्तीलगायतका उक्त सामग्रीमा उपलब्ध गराइने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

दूतावासले नेपालको आवश्यकताअनुरूप जीवनरक्षक सहायता उपलब्ध गराउन नेपाल सरकार तथा विभिन्न साझेदारसँग समन्वय गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij