काठमाडौँ — भोटेकोशी बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि केडिया परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ । केडिया परिवारका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई १ करोड रुपैयाँको चेक हस्तान्तरण गरिएको समूहले जनाएको छ ।
केडिया परिवारअन्तर्गत सुशील वनस्पति प्रालि., इन्दु शंकर चिनी उद्योग लिमिटेड, एमके सुशील केडिया विश्वभारती र सीताराम गोकुल मिल्क्स प्रालिलगायतका प्रतिष्ठान रहेका छन् ।
देशका विभिन्न क्षेत्रमा देखिएको विपद्जन्य परिस्थितिबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको समूहले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij