२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

प्रभु बैंकद्धारा भोटेकोशी बाढी पीडितका लागि प्रधानमन्त्री उद्धार कोषमा २,११,११,१११ सहयोग

प्रभु बैंकद्धारा भोटेकोशी बाढी पीडितका लागि प्रधानमन्त्री उद्धार कोषमा २,११,११,१११ सहयोग

725
Shares

काठमाडौं प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरुको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि दुई करोड एघार लाख एघार हजार एक सय एघार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

मिति २०८३ भाद्र १० गते बिहान रसुवा जिल्ला भएर बग्ने भोटेकोशी नदीमा अचानक आएको विनाशकारी बाढीले भोटेकोशी र त्रिशुली नदी किनारमा रहेका बासिन्दाहरुलाई अपुरणीय मानविय तथा भौतिक क्षति पु¥याएको छ । उत्पन्न विनाशकारी विपदले राष्ट्रलाई ठूलो जनधनको क्षति पु¥याएको परीपेक्षमा, विपदको यस दुःखद् घडीमा पीडित एवम् प्रभावित परीवारहरुका लागि सहायता स्वरुप तथा पिडितहरुको खोजतलास, उद्धार र राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्धेश्यले नेपाल सरकारलाई प्रभु बैंक लिमिटेडका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै मिति २०८३÷०५÷१६ गते अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्माज्यूले नेपाल सरकार, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेज्यू लाई रु. २,११,११,१११÷— (अक्षरेपी दुई करोड एघार लाख एघार हजार एक सय एघार रुपैयाँ मात्र) को चेक हस्तान्तरण गर्नु भयो । उक्त कार्यक्रममा बैंकको तर्फबाट अध्यक्ष श्री किशोर जंङ्ग कार्की, संचालक श्री राजु पौडेल तथा संचालक डा. अम्बिका शर्मा लामिछानेको पनि उपस्थिति रहेको थियो ।

अकल्पनीय विपद्का कारण ज्यान गुमाउनुहुने स्वदेशी तथा विदेशी नागरिकहरुप्रति प्रभु बैंक परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै सम्पर्क विहिन र घाइतेहरुको उद्धार तथा शीघ्र उपचारको कामना गर्दै प्रभावित समुदायप्रति बैंकले गहिरो समवेदना व्यक्त गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij