काठमाडौं – प्रधानमन्त्री राहत कोषमा रेबान पोखराले आर्थिक सहयोग गरेको छ । प्रमुख जिल्ला अधिकारीमार्फत् राहत रकम हस्तान्तरण गरेको रेबान पोखराका महासचिव वीरेन्द्र शेरचनले जानकारी दिए ।
उनका अनुसार १२ लाख २७ हजार ७७६ रुपैयाँ रसुवा बाढी पीडितको उद्धार, राहत र व्यवस्थापनका लागि सहयोग गरिएको हो । उनले प्रमुख जिल्ला अधिकारीलाई भेटेरै रकम हस्तान्तरण गरिएको जानकारी दिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij