२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भोटेकोशी बाढी प्रभावितलाई लोमस फर्मास्युटिकल्सको ८८ लाखको औषधि तथा स्वास्थ्य सामग्री सहयोग

भोटेकोशी बाढी प्रभावितलाई लोमस फर्मास्युटिकल्सको ८८ लाखको औषधि तथा स्वास्थ्य सामग्री सहयोग

360
Shares

काठमाडौँ — लोमस फर्मास्युटिकल्सले भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकका लागि ८८ लाख रुपैयाँ बराबरको औषधि तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ।

लोमस फर्मास्युटिकल्सका निर्देशक प्रणवजंग पाण्डेका अनुसार बाढी प्रभावित क्षेत्रमा औषधि, सर्जिकल किट, शव व्यवस्थापनका लागि आवश्यक ब्याग तथा पीपीई किट उपलब्ध गराइएको हो। उनका अनुसार कम्पनीले यसअघि तीन चरणमा सशस्त्र प्रहरी बलमार्फत ५० लाख रुपैयाँ बराबरको औषधि हस्तान्तरण गरिसकेको छ।

कम्पनीका अनुसार सहयोग गरिएको सामग्रीमा ५० लाख रुपैयाँ बराबरको औषधि, २५ लाखको सर्जिकल किट, १० लाखको शव व्यवस्थापन ब्याग र ३ लाख रुपैयाँ बराबरको पीपीई किट छन्।

विपद्को कठिन घडीमा प्रभावितको उद्धार, उपचार तथा व्यवस्थापनका लागि निजी क्षेत्रबाट सक्दो सहयोग जारी राखिने निर्देशक पाण्डेले बताए। उनका अनुसार आगामी दिनमा पनि आवश्यकता पहिचान गरी सहयोगलाई निरन्तरता दिइनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij