२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महाकाली नदीमा पानीको बहाव वर्षकै उच्च

महाकाली नदीमा पानीको बहाव वर्षकै उच्च

550
Shares

महेन्द्रनगर- महाकाली नदीमा पानीको बहाव यो वर्षकै उच्च विन्दुमा पुगेको छ ।

आज बिहान नदीमा पानीको बहाव एक लाख १२ हजार क्युसेक रहेको थियो । बेलुकी ९ः०० बजे गरिएको मापनअनुसार पानीको बहाव एक लाख ८१ हजार क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो ।

“बेलुकी ६ः०० बजेको मापनमा जलस्तर बढेर एक लाख ८७ हजार २३२ क्युसेक थियो । अहिले एक लाख ८१ हजारमा झरेको छ,” उहाँले भन्नुभयो, “पानीको बहाव बढेसँगै आज दिनभर बनबासा पुलमा चारपाङ्ग्रे सवारी चल्ने सकेनन् ।”

महाकाली नदीमा जलस्तर एक लाख क्युसेक नाघेपछि भारतीय पक्षले पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाउने गरेको छ ।

एक सय वर्ष पुरानो बनबासा पुल जीर्ण भएकाले जोखिम हुने भन्दै बर्सातका बेला पानीको बहाव बढ्दा ठूला सवारी साधनलाई रोक लगाउनु परेको भारतीय पक्षको भनाइ छ ।

सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला, बैतडी र डडेल्धुराका साथै भारतको उत्तराखण्डको माथिल्लो भेगमा वर्षा हुँदा महाकालीमा जलस्तर बढ्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij