२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

केल्मी नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख सहयोग

केल्मी नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख सहयोग

340
Shares

काठमाडौं – खेलकुद पोसाक तथा सामग्री उत्पादक ब्रान्ड केल्मी नेपालले रसुवा बाढीबाट प्रभावित प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १५ लाख ५ हजार ५५५ जम्मा गरेको छ ।

यसैगरी, कम्पनीले आगामी १५ दिनभित्र रसुवा र नुवाकोटमा करिब डेढ करोड रुपैयाँ बराबरका नयाँ कपडा समावेश गरी ‘क्लोथ बैंक’ सञ्चालन गर्ने पनि बताएको छ ।

‘क्लोथ बैंक’ मार्फत उपलब्ध हुने कपडा नेपाल सरकारले तयार पारेको प्रभावित व्यक्ति तथा परिवारको आधिकारिक सूचीका आधारमा प्रभावितलाई निःशुल्क वितरण गरिनेछ ।

केल्मी नेपालले विगतमा पनि विभिन्न प्राकृतिक विपत्ति तथा अप्ठ्यारो परिस्थितिमा सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij