काठमाडौं – नेपाल बैंकर्स संघको पहिलो एसोसिएट सदस्यका रूपमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) आबद्ध भएको छ । निफ्राको एसोसिएट सदस्यतासँगै नेपाल बैंकर्स संघको संस्थागत सञ्जाल थप विस्तार भएको छ ।
सदस्यताले पूर्वाधार वित्त, दीर्घकालीन लगानी, स्रोत परिचालन, जोखिम व्यवस्थापन लगायतका विषयमा देखिएका नीतिगत तथा व्यावहारिक चुनौतीहरूलाई सम्बन्धित सरोकारवालासमक्ष सामूहिक रूपमा प्रस्तुत गर्ने संघले बताएको छ ।
“साथै, निफ्राको पूर्वाधार वित्त तथा लगानीसम्बन्धी अनुभव र विशेषज्ञताले संघका अध्ययन, अनुसन्धान, नीति संवाद तथा ज्ञान आदान–प्रदानमा साझा सिकाइका अवसर सिर्जना गर्ने विश्वास लिइएको छ,” संघले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij