२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आईसीएफसी फाइनान्सको लाभांश घोषणा

आईसीएफसी फाइनान्सको लाभांश घोषणा

400
Shares

काठमाडौं – आईसीएफसी फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ।कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार ९६० रुपैयाँको १०.५२६३ प्रतिशतबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो। जसअनुसार कम्पनीले १२ करोड ४५ लाख ७५ हजार ७०३.६६ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी वितरण गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij