२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बाढीपीडितलाई पटेर्वा सुगौलीद्वारा पाँच लाख सहयोग

बाढीपीडितलाई पटेर्वा सुगौलीद्वारा पाँच लाख सहयोग

300
Shares

पर्सा- पटेर्वा सुगौली गाउँपालिकाले भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतका लागि रु पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाको आज बसेको बैठकले भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका प्रभावितका लागि रु पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट एकमुष्ट रु पाँच लाख ५१ हजार सहयोग गर्ने निर्णय गरिएको अध्यक्ष दिनेशकुमार चौधरीले जानकारी दिनुभयो । बैठकले जनप्रतिनिधिहरूका तर्फबाट मासिक पाउने सेवा, सुविधाबापतको रकमबाट कट्टा गरी दाखिला गर्ने निर्णय पनि गरेको छ । गाउँपालिकामा कार्यरत कर्मचारीहरूको तर्फबाट नेपाल सरकारको निर्णय बमोजिम आर्थिक सहयोग गर्ने निर्णय पनि गरिएको उहाँले बताउनुभयो ।

गाउँपालिकाले आज विज्ञप्ति जारी गरी भनेको छ, “प्राकृतिक विपत्तिबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्निर्माणमा आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग पुर्‍याउन सम्पूर्ण नागरिक, सङ्घसंस्था तथा सरोकार भएका निकायहरूमा हार्दिक अपिल गर्दछौँ ।” बैठकले विपद्को यस कठिन घडीमा प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा ऐक्यबद्धता पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij