२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बाढीपीडितका लागि आकृति एडभर्टाइजिङद्वारा ५ लाख ५५ हजार सहयोग

बाढीपीडितका लागि आकृति एडभर्टाइजिङद्वारा ५ लाख ५५ हजार सहयोग

370
Shares

काठमाडौँ — विराटनगरस्थित आकृति एडभर्टाइजिङका प्रबन्धक निर्देशक मनोज चौहानले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

चौहानले सोमबार सहयोग रकमको भौचर मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालालाई हस्तान्तरण गरेका हुन् । भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएकाले विपद्का बेला मानवीय ऐक्यबद्धता आवश्यक रहेको चौहानले बताए।

‘विपद्का बेला सहानुभूति व्यक्त गरेर मात्र दायित्व पूरा हुँदैन,’ उनले भने, ‘पीडितको उद्धार, राहत र पुनःस्थापनामा हातेमालो गर्नु नै वास्तविक मानवीय जिम्मेवारी हो।’

उनले विपद्‍बाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij