काठमाडौँ — बाढीपीडितका उद्धार र राहतकाका लागि मेडिकेयर अस्पतालले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । अस्पतालले सोमबार नबिल बैंकमा रहेको प्रधानमन्त्री राहत कोषको खातामा उक्त रकम जम्मा गरेको हो ।
उक्त सहयोग रकम नेपालमा जारी बाढी राहत तथा पुनःस्थापना कार्यमा प्रयोग गरिनेछ । विपद्को यस कठिन घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा पुनःस्थापनाका प्रयासमा सक्दो योगदान गरेको अस्पतालले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij