२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा वरुण वेभरेजले दियो १ करोड

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा वरुण वेभरेजले दियो १ करोड

360
Shares

काठमाडौं – नेपालमा पेप्सीलगायत पेय पदार्थको उत्पादन गर्दै आएको वरुण वेभरेजले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ करोड उपलब्ध गराएको छ । वेभरेजका अधिकारीहरूले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर १ करोड १ लाखको चेक हस्तान्तरण गरेका हुन् ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सरकारले आर्थिक सहयोगका लागि आग्रह गरेको थियो । त्यसै अनुसार वरुण वेभरेज नेपाल प्रालिले उक्त रकम जम्मा गरेको हो । चेक बुझ्दै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सहयोगको प्रशंसा गरे ।​

वरुण वेभरेजले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विपदको समयमा सरकारलाई सहयोग गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij