२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइएमई ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा १० करोड रुपैयाँ सहयोग

आइएमई ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा १० करोड रुपैयाँ सहयोग

325
Shares

काठमाडौँ — आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गरेको छ ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालसहित ग्रुप अन्तर्गतका कम्पनीका प्रतिनिधिले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

आइएमई ग्रुप तथा ग्रुपले प्रवर्द्धन गरेका कम्पनी ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आइएमई मोटर्स एवम् साझेदार कम्पनी अशोक लिलेण्ड, आइएमई खल्ती, स्विफ्ट टेक्नोलोजी, मिदास हेल्थ, माइमार्ट, लुम्बिनी केवलकार, आइएमई फाउन्डेसन लगायतका अन्य कम्पनीमार्फत सहयोग गरेको हो ।

आइएमई ग्रुप अन्तर्गतका कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको तर्फबाट समेत १ दिनको तलब बरावरको रकम उपलब्ध गराउने ग्रुपले जनाएको छ । आइएमइले संसारभरीबाट सहयोग रकम नेपाल पठाउन निशुल्क रेमिट्यान्स सुविधा उपलब्ध गराएको छ भने ग्लोबल आइएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लस र खल्ती वाइ आइएमई मोवाइल वालेटमार्फत समेत सरकारको कोषमा सिधै रकम निशुल्क जम्मा गर्न सकिने व्यवस्था मिलाएको छ । आइएमई फाउण्डेशनको समन्वयमा थप राहत तथा जिन्सी सहयोग उपलब्ध गराउने प्रतिबद्धता गरेको समेत जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij