काठमाडौं – भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट सृजित प्राकृतिक प्रकोपले रसुवा लगायत आसपासका जिल्लाहरुमा मानवीय तथा भौतिक संरचनामा ठुलो क्षति हुन गएको यस अवस्थालाई मध्यनजर गर्दै आरएसडीसी लघुवित्तले सहयोग गरेको छ । लघुवित्तले राहत तथा उद्वार कार्यका लागि नेपाल सरकार कोषमा ५ लाख सहयोग प्रदान गरेको हो ।
देशमा आईपरेको यस विषम् पस्थितिका कारण ज्यान गुमाउने नागरिकहरु प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै वित्तीय संस्थाको तर्फबाट परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । यस प्राकृतिक प्रकोपका कारण सम्पर्क विहिन भएका सर्वसाधारण, बैंक तथा वित्तीय संस्था लगायत विभिन्न संघ–संस्थामा कार्यरत कर्मचारी र तिनका परिवारजनले व्यहोर्नु परेको पिडाप्रति यस वित्तीय संस्था गहिरो सहानुभूति प्रकट गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij