२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बीवाईडी साइमेक्सद्वारा बाढी तथा विपद् प्रभावितको सहयोगार्थ ७ करोड हस्तान्तरण

बीवाईडी साइमेक्सद्वारा बाढी तथा विपद् प्रभावितको सहयोगार्थ ७ करोड हस्तान्तरण

270
Shares

काठमाडौं – बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले बाढी र विपदबाट प्रभावित भएका नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि सात करोड सहयोग गरेको छ ।

साइमेक्स इन्कर्पोरेटेड प्रालिका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठलगायतले सरकारलाई सात करोड रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष श्रेष्ठले बाढीबाट पछिल्लो समय नेपालले ठूलो क्षति बेहोर्नुपरेको र त्यसबाट निजी क्षेत्र पनि निकै प्रभावित भएको बताउँदै तर पनि सरकारको अभियानमा साथ दिन तयार भएको बताए ।

उनले बाढी पीडितको राहत र उद्धारमा कुनै कमी नहोस् भनेर सहयोग गरेको पनि बताए । यस बाढी पहिरोका कारण बीवाईडीले आयात गरेका कैयौँ गाडीमा समेत क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij