२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रधानमन्त्री राहत कोषमा माछापुच्छ्रे बैंकको दुई करोड एक लाख सहयोग

प्रधानमन्त्री राहत कोषमा माछापुच्छ्रे बैंकको दुई करोड एक लाख सहयोग

515
Shares

काठमाडौं – माछापुच्छ्रे बैंकले रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितका लागि सहयोग गरेको छ । बैंकले दुई करोड एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । बैंकका अध्यक्ष रोशन केसीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि अर्थमन्त्री स्वर्णिम वाग्लेलाई रकम हस्तान्तरण गरेका हुन् ।

विनाशकारी विपत्तिलगत्तै बैंकले प्रभावित नागरिकको लागि खाद्यान्न, ओड्ने ओछ्याउने लगायतका दैनिक उपभोग्य राहत सामाग्रीहरु यसअघि नै उपलब्ध गराइसकेको जानकारी दिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको उक्त रकमले प्रभावित नागरिक तथा समुदायलाई राहत उपलब्ध गराउन तथा पुनर्स्थापना कार्यमा केही हदसम्म सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले यसअघि पनि विभिन्न प्राकृतिक विपद् तथा सामाजिक संकटका समयमा प्रभावित नागरिक तथा समुदायका लागि राहत तथा सहयोग प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij