२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै

नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै

475
Shares
एआई तस्बिर

काठमाडौँ- नेपाल–चीन सीमा क्षेत्रमा दुई वटा सिसी क्यामेरा जडान गरिने काम आजबाट सुरू गरिएको छ । भोटेकोशी बाढीपछि बनेको ताल जुनसुकै बेला फुट्न सक्ने सम्भावना रहेकाले त्यसबाट हुनसक्ने जोखिमको सूचना लिन सिसी क्यामेरा जडान गर्न लागिएको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

बाढीविद् सौहार्द जोशीले क्यामेरा जडानपछि नदीको बहाव तथा सम्भावित जोखिमबारे दृश्य निगरानी गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि जनतालाई पूर्वसूचना दिने उद्देश्यले क्यामेरा जडान गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij