२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल इन्फ्रास्ट्रकचर बैंकको लाभांश घोषणा

नेपाल इन्फ्रास्ट्रकचर बैंकको लाभांश घोषणा

320
Shares

काठमाडौं -नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले लाभांश घोषणा गरेको छ । बैंकको भदौ १४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। । हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रहेको छ।

नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij