२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुक्तिनाथ म्युचुअल फन्ड–१ को लाभांश घोषणा

मुक्तिनाथ म्युचुअल फन्ड–१ को लाभांश घोषणा

420
Shares

काठमाडौं – मुक्तिनाथ क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित मुक्तिनाथ म्युचुअल फन्ड–१ ले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट इकाइधनीलाई २.२० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने भएको छ।
योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। लाभांश वितरण प्रयोजनका लागि भदौ २४ गते बुधबार एक दिनका लागि बुक क्लोज गरिनेछ।

यसअनुसार भदौ २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका इकाइधनीहरू मात्र नगद लाभांश प्राप्त गर्न योग्य हुनेछन्। यस्तै, आफ्नो इकाइ धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका इकाइधनीले सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर पेश गरेपछि मात्र नगद लाभांश वितरण गरिने व्यवस्था गरिएको छ।

फन्डले लाभांश भुक्तानीका क्रममा प्रचलित आयकर ऐनअनुसार स्रोतमा कर कट्टी हुने भएकाले इकाइधनीहरूले आफ्नो स्थायी लेखा नम्बर (प्यान)अद्यावधिक गराउन आग्रह गरेको छ। प्यान अद्यावधिक नगरेमा लाभांश भुक्तानीमा समस्या आउन सक्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij