२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपाल लाइफको ‘लिडरसिप एक्सलेन्स अवार्ड’, ६३७ अभिकर्ता तथा एजेन्सी म्यानेजर सहभागी

नेपाल लाइफको ‘लिडरसिप एक्सलेन्स अवार्ड’, ६३७ अभिकर्ता तथा एजेन्सी म्यानेजर सहभागी

350
Shares

काठमाडौँ – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको ‘Leadership Excellence Awards 2026’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

‘Everest Year – Clouds and Beyond’ मूल नाराका साथ भदौ ३ गतेदेखि काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने देशभरका ६३७ जना अभिकर्ता तथा एजेन्सी म्यानेजर सहभागी भएका थिए।

कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, विमल प्रसाद ढकाल, प्रबिन प्रकाश क्षेत्री तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रममा सञ्चालक अग्रवालले नेपाल लाइफले २५ वर्षको यात्रामा नेपाली जीवन बीमा क्षेत्रमा विश्वास, स्थायित्व र नेतृत्व स्थापित गरेको बताए। उनले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क (एफपीआई) संकलन गरी ऐतिहासिक कीर्तिमान कायम गरेको जानकारी दिए।

उनका अनुसार उक्त उपलब्धि अभिकर्ता, एजेन्सी म्यानेजर, कर्मचारी तथा ग्राहकको विश्वास र निरन्तर मेहनतको परिणाम हो। उनले आर्थिक वर्ष २०८३/८४ लाई ‘Everest Year – Clouds and Beyond’ अभियानका रूपमा अघि बढाउँदै कम्पनीको आगामी योजनाबारे जानकारी दिए।

सञ्चालक विमल प्रसाद ढकालले व्यवसाय विस्तारसँगै व्यावसायिक अनुशासन, सुशासन, नियामकीय व्यवस्था तथा AML/CFT प्रावधानको पूर्ण पालना गर्दै गुणस्तरीय सेवा प्रवाहमा थप जिम्मेवार बन्न अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई आग्रह गरे।

प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आर्थिक वर्ष २०८२/८३ लाई कम्पनीका लागि ऐतिहासिक वर्षका रूपमा उल्लेख गर्दै आगामी दिनमा डिजिटल रूपान्तरणलाई तीव्रता दिने बताए। उनले अत्याधुनिक प्रविधि, ग्राहकमैत्री डिजिटल सेवा, डेटा आधारित निर्णय प्रणाली तथा व्यावसायिक प्रक्रिया स्वचालनमार्फत ग्राहक अनुभव थप उत्कृष्ट बनाउने योजना रहेको जानकारी दिए।

कार्यक्रममा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई पदक, सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो। नेपालभर उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई विशेष सम्मान तथा नगद पुरस्कारसमेत प्रदान गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रममा नेतृत्व विकास, व्यावसायिक समीक्षा, प्रेरणादायी सत्र, रणनीतिक प्रस्तुति, सम्मान समारोह तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो। सहभागीहरूले अनुभव आदानप्रदान गर्दै आगामी व्यावसायिक लक्ष्य हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

नेपाल लाइफले २५ वर्षको अवधिमा २८५ अर्ब रुपैयाँको जीवन बीमा कोष, ९९.१३ प्रतिशत मृत्यु दाबी भुक्तानी दर र ५५.७९ लाखभन्दा बढी बीमा पोलिसी जारी गरेको जनाएको छ। कम्पनीका अनुसार हालसम्म कुल बीमा शुल्क संकलन ३६२ अर्ब रुपैयाँ पुगेको छ भने नेपाल सरकारलाई १७.७१ अर्ब रुपैयाँ कर तिरेको छ।

‘Everest Year – Clouds and Beyond’ अभियानमार्फत कम्पनीले ग्राहकको विश्वास, प्रविधि तथा नवप्रवर्तन, उत्कृष्ट सेवा र व्यावसायिक सुशासनलाई केन्द्रमा राख्दै आगामी दिनमा थप उचाइ हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij