२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग

सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग

310
Shares

महेन्द्रनगर- भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सुदूरपश्चिमेली नेपाली समाज इजरायलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा राहत कोषमा रु छ लाख ३९ हजार जम्मा गरेको छ ।

बाढीपीडितको उद्धार तथा राहतका लागि सहयोग पुर्याउने उद्देश्य अनरुप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा राहत कोषमा रकम जम्मा गरिएको सुदूरपश्चिमेली समाज इजरायलका कोषाध्यक्ष ज्योति बुढाले जानकारी दिनुभयो । उहाँले इजरायलमा रहेका सुदूरपश्चिमेली नागरिकले व्यक्तिगत र संस्थागत रुपमा सहयोग सङ्कलन गरी प्रधानमन्त्री कोषमा पठाएको बताउनुभयो ।

“प्राकृतिक विपत्तीले दिएको यो पीडाको क्षणमा सहयोग पुगोस भनेर यहाँ रहेका सुदूरपश्चिमेली जुटेका हौँ”, कोषाध्यक्ष बुढाले भन्नुभयो, “मानवता नै सबैभन्दा ठूलो धर्म सम्झेर विपद्का बेला सबै मिलेर सहयोग गर्नुपर्छ ।”

भोटेकोशी विनाशकारी बाढीमा परी सुदूरपश्चिमका विभिन्न जिल्लाका १०० भन्दा बढी नागरिक अझै सम्र्पकविहीन छन् । कञ्चनपुर, कैलालीलगायत सुदूरपश्चिम प्रदेशबाट प्रदेश सरकार, स्थानीय तह, विभिन्न सङ्घ संस्था र नागरिकस्तरबाट राहत कोषमा सहयोग रकम जम्मा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij