२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बाढीपीडितको राहतका लागि २ करोड १ लाख सहयोग

बाढीपीडितको राहतका लागि २ करोड १ लाख सहयोग

295
Shares

काठमाडौँ – रुङ्गटा ग्रुपले बाढी तथा प्राकृतिक विपद्‌बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि २ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । ग्रुपअन्तर्गतका विभिन्न कम्पनीबाट उक्त रकम शुक्रबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो।

रुङ्गटा ग्रुपका अनुसार ओसीबी फुड्स एण्ड फिड्स प्रालिले ७५ लाख, ओम चाउचाउ बिरो फिड इन्ड प्रालिले ५० लाख, ओम चाउचाउ बिरो पेलेट फिड इन्ड. प्रालिले २५ लाख, ओम एग्रो प्रोडक्ट्स प्रालिले २५ लाख र पोषक ब्रीडर फार्म प्रालिले २६ लाख रुपैयाँ सहयोग गरेका हुन्।
यसरी पाँच वटा कम्पनीबाट कुल २ करोड १ लाख रुपैयाँ सहयोग गरिएको ग्रुपले जनाएको छ।
विपद्को कठिन समयमा बाढी प्रभावित परिवार तथा समुदायलाई आवश्यक राहत र सहयोग उपलब्ध गराउने उद्देश्यले उक्त रकम प्रदान गरिएको रुङ्गटा ग्रुपले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij