२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माटोले पुरिएको अवस्थामा भेटियो पैसा राख्ने ‘लकर’

माटोले पुरिएको अवस्थामा भेटियो पैसा राख्ने ‘लकर’

300
Shares

काठमाडौं – धादिङको गल्छी गाउँपालिका–६, बैरेनीस्थित पृथ्वी राजमार्गमा माटोले पुरिएको अवस्थामा पैसा राख्ने ‘लकर’ फेला परेको छ । शनिबार (भदौ १३) उक्त लकर भेटिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट खटिएको टोलीले लकर फेला पारेको थियो । उक्त बेसभन्दा करिब ६ किलोमिटर पूर्वतर्फ लकर फेला परेको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए ।

लकर स्थानीय जनप्रतिनिधिको उपस्थितिमा नेपाल प्रहरीमा बुझाइएको सशस्त्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij