२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

५० टन राहत सामग्री बोकेका दुई ठूला चिनियाँ विमान काठमाडौंमा

५० टन राहत सामग्री बोकेका दुई ठूला चिनियाँ विमान काठमाडौंमा

440
Shares

काठमाडौं – चीनबाट ५० टन राहत सामाग्री बोकेका दुई ठूला चिनियाँ विमान काठमाडौं आइपुगेका छन् । काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार ती विमान आइतबार बिहान करिब ७ बजे आपत्कालीन राहत सामग्री लिएर आएका हुन् ।

ती विमानहरू चेङ्दु सुआङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरी करिब तीन घण्टाको उडानपछि काठमाडौं आइपुगेका हुन् ।

ती विमानहरूमा पाल (टेन्ट), कम्बल, स्लिपिङ ब्याग, सुक्खा खाना र प्राथमिक उपचार किटहरू गरी कुल ५० टन तौलका १३ हजार २०० थान आपत्कालीन राहत सामग्रीहरू ल्याइएको चिनियाँ दूतावासले जनाएको छ ।

विमानमा चारजना चिनियाँ सुरङ उद्धार विशेषज्ञहरू र उद्धार सामग्रीहरू पनि आएका छन् ।

नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले ती राहत सामाग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन, तथा नेपालको संघीय संसद्का प्रतिनिधिसभा सदस्य धर्म केसीलाई हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij