२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट बाढीपिडितका लागि ४ करोड १ लाख सहयोग

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट बाढीपिडितका लागि ४ करोड १ लाख सहयोग

475
Shares

काठमाडौं – नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख आर्थिक सहयोग गरेको छ ।

प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लाहरुमा मानवीय तथा भौतिक क्षति तथा नागरिकको दैनिक जीवन प्रभावित भइरहेको वर्तमान अवस्थामा राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले सो कोषमा रकम सहयोग गरेको बताएको छ ।

विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार तथा सम्बन्धित निकायलाई सहयोग पुर्‍याउने यस मानवीय कार्यमा बैंकले ऐक्यबद्धता जनाएको छ ।

बैंकले बाढीमा परी ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै, यस घटनामा परी हालसम्म पनि सम्पर्कमा नआएका व्यक्तिहरुको सकुशल उद्धार एवं घाइतेहरुको शिघ्र स्वास्थ लाभको कामना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij