२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भोटेकोसी राहत कोषमा सोनाम गियरको २० लाख सहयोग

भोटेकोसी राहत कोषमा सोनाम गियरको २० लाख सहयोग

270
Shares

काठमाडौं – भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रका नागरिकका लागि सोनाम गियरले खाद्यान्न, आवास तथा कपडालगायत आवश्यक राहत व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छ ।

सोनाम गियरले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । प्रधानमन्त्री राहत कोषमा २० लाख रुपैयाँ जम्मा भइसकेको सोनाम गियरले जनाएको छ ।

सोनाम गियरका सञ्चालक टासी छोन्बे नेपालीले पीडित परिवारको राहत व्यवस्थापनका लागि सहयोग गरेको बताए । उनले अप्ठ्यारो अवस्थामा राज्यलाई सहयोग गर्नु निजी क्षेत्रको दायित्व भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij