२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भोटेकोशी बाढीः त्रिशूली ‘थ्रि–ए’ आयोजना सुरुङमा अक्सिजन पठाइयो

भोटेकोशी बाढीः त्रिशूली ‘थ्रि–ए’ आयोजना सुरुङमा अक्सिजन पठाइयो

570
Shares

काठमाडौँ, १३ भदौः रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली ‘थ्रि–ए’ आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धार गर्न खटिएको टोली सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको छ ।

सो टोलीले सुरुङमा सानो प्वाल पारी अक्सिजन पठाउन सुरु गरिएको गृहमन्त्री सुधन गुरुङले फेसबुकबाट जानकारी दिनुभएको छ । उहाँका अनुसार अब सुरुङभित्र प्रवेश गर्ने मार्ग फराकिलो बनाएपछि उद्धार टोली पनि भित्र पठाइनेछ ।

उक्त आयोजनाको सुरुङभित्र ठूलो सङ्ख्यामा इन्जिनियर र मजदुर फसेको अनुमान गरिएको छ । अप्ठयारो भू–बनोटमा रहेको उक्त सुरुङमा फसेका व्यक्तिको उद्धार गर्न सरकारको आग्रहमा भारत र चीनबाट दक्ष उद्धारक आज नेपाल आएका थिए । अपराह्नबाट उनीहरूको सहयोगमा नेपाली सुरक्षा फौजले त्यस क्षेत्रमा खोज तथा उद्धारलाई तीव्र बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij