२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बाढीपीडितका लागि ग्यास उद्योग संघले १२ सय बढी सिलिन्डर सहयोग गर्ने

बाढीपीडितका लागि ग्यास उद्योग संघले १२ सय बढी सिलिन्डर सहयोग गर्ने

435
Shares

काठमाडौं नेपाल एलपी ग्यास उद्योग संघले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि १ हजार २५० थान भरिएका एलपी ग्यास सिलिन्डर उपलब्ध गराउने घोषणा गरेको छ ।-

संघले शनिबार विज्ञप्ति जारी गर्दै रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लामा बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । साथै प्रभावित नागरिकको राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल आयल निगममार्फत लक्षित वर्गलाई ग्यास सिलिन्डर उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो ।

संघका अनुसार प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ । साथै घाइतेहरूको शीघ्र उपचारको व्यवस्था गर्न र बेपत्ता व्यक्तिहरूको खोजी कार्यलाई तीव्र बनाउन सबै पक्षसँग अपिल गरिएको छ ।

संघले विपद् कुनै एक व्यक्ति वा संस्थाको मात्र समस्या नभई सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै कठिन परिस्थितिमा प्रभावित नागरिकको तत्काल आवश्यकतालाई सम्बोधन गर्न ग्यास सहयोग गर्ने निर्णय गरिएको जनाएको छ ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दले बाढी प्रभावित परिवारसम्म राहत सामग्री छिटो र प्रभावकारी रूपमा पुर्याउन संघ प्रतिबद्ध रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij