२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भोटेकोशी बाढी : म्याग्दीका तीन पालिकाद्वारा दुई /दुई लाख सहयोग

भोटेकोशी बाढी : म्याग्दीका तीन पालिकाद्वारा दुई /दुई लाख सहयोग

375
Shares

म्याग्दी, १२ भदौ : भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्थापनका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा म्याग्दीका तीन स्थानीय तहहरुले रु. छ लाख सहयोग गरेका छन् ।

धवलागिरी, अन्नपूर्ण र रघुगंगा गाउँपालिकाले कोषमा रु. दुई÷दुई लाख जम्मा गरेका हुन् । यसैगरी कोषमा बेनीको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले रु. एक लाख ५१ हजार जम्मा गरेको छ ।

भविन्द्र रेग्मी सम्पर्कविहीन

यसैगरी यही भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको बाढीपछि रसुवामा निर्माणाधीन दुई सय १६ मेगावाट क्षमताको त्रिशुली जलविद्युत आयोजनामा कार्यरत म्याग्दीको मालिका गाउँपालिका–४ छापका भविन्द्र रेग्मी सम्पर्कविहीन हुनुभएको आफन्त बजुराम रसाइलीले बताउनुभयो ।

यही भदौ ९ गते परिवारसँग फोनमा कुराकानी गरेका रेग्मी बाढीपछि वेपत्ता भएपछि खोजतलास गरिदिन परिवार र आफन्तले अनुरोध गरेका छन् । रेग्मी १८ महिनादेखि आयोजनाको ठेकेदार कम्पनीमा कामदारको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij