२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मुक्तिनाथ विकास बैंकको ५० लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मुक्तिनाथ विकास बैंकको ५० लाख सहयोग

445
Shares

काठमाडौं – मुक्तिनाथ विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

विनाशकारी बाढीको कारणले प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सहयोग गरेको हो ।

देशको विभिन्न क्षेत्रमा बाढीका कारण जनधनको क्षति हुनुका साथै ठूलो संख्यामा नागरिक प्रभावित भएको यस कठिन परिस्थितिमा पीडित परिवारको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउनु बैंकको पनि सामाजिक उत्तरदायित्व रहेको जनाएको छ ।

विपद्को यस घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै बैंकले प्रदान गरेको सहयोगले राहत तथा उद्धार कार्यमा केही हदसम्म योगदान पुग्ने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij