काठमाडौं – सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सञ्चालित सीजी डिजिटल र एलजी ब्रान्डसप को वार्षिक ’रिटेल एनुअल मीट २०८२/८३’ सम्पन्न भएको छ । भदौ ५ गते काठमाडौंको बालकुमारीस्थित हर्ष बाटिकामा मीट सम्पन्न भएको हो ।
सीजी इलेक्ट्रोनिक्सका उपाध्यक्ष एस.सी. साबुको विशेष उपस्थितिमा आयोजित उक्त कार्यक्रममा कम्पनीको रिटेल नेटवर्कको वार्षिक उपलब्धिको समीक्षा गरिनुका साथै उत्कृष्ट प्रदर्शन गर्ने शोरुमहरूलाई सम्मानित गरिएको थियो ।
वन टिम, वन भिजन, वन फ्युचर भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा विभिन्न शोरुमका प्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । हाल देशभर २२ वटा सीजी डिजिटल शोरुम र ६ वटा एलजी ब्रान्डसप गरी कुल २८ वटा रिटेल आउटलेटहरू सञ्चालनमा छन्, जहाँ २०० भन्दा बढी कर्मचारीहरू कार्यरत छन् ।
कार्यक्रमको मुख्य आकर्षणको रूपमा उत्कृष्ट प्रदर्शन गर्ने शोरुमहरूलाई ’रिटेल एक्सीलेन्स अवार्ड’ प्रदान गरिएको थियो । जसअन्तर्गत उत्कृष्ट शोरुमहरू यस प्रकार सम्मानित भए । जसमा बेस्ट भिजुअल मर्कनडाईजिङ शोरुम अवार्ड एलजी शप (चाबहिल) र सीजी डिजिटल (वीरगञ्ज)ले पाए । यस्तै, स्ट पोर्टफोलियो शोरुम अवार्ड एलजी शप (चाबहिल) र सीजी डिजिटल (विशालनगर)ले प्राप्त गरेका छन् ।
कार्यक्रममा उपाध्यक्ष साबुले शोरुम टिम र सम्पूर्ण कर्मचारीहरूको योगदानको प्रशंसा गर्दै बधाई दिएका थिए । साथै उनले आगामी दिनमा ग्राहक अनुभव, सेवाको गुणस्तर, रिटेल उत्कृष्टता र व्यावसायिक वृद्धिलाई अझ सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिए । सीजी इलेक्ट्रोनिक्सले आगामी दिनमा आफ्नो रिटेल नेटवर्कलाई नेपालभर थप विस्तार गर्दै देशका विभिन्न स्थानमा नयाँ स्टोरहरू सञ्चालन गर्ने योजना बनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij