२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

बिदाका दिनमा पनि बैंकिङ सेवा सुचारु राख्न राष्ट्र बैंकको निर्देशन

बिदाका दिनमा पनि बैंकिङ सेवा सुचारु राख्न राष्ट्र बैंकको निर्देशन

335
Shares

काठमाडौं – बैंक तथा वित्तीय संस्थाले शुक्रबारदेखि आइतबार पनि वित्तीय सेवा दिने भएका छन् । नेपाल राष्ट्र बैंकले रसुवा बाढी पीडितलाई राहत र उद्धारमा सहजीकरणका लागि सेवा सुचारू राख्न निर्देशन दिएको हो ।

केन्द्रीय बैंकका अनुसार, रसुवा बाढीको कारणबाट प्रभावितहरूलाई राहत वितरण तथा उद्धार कार्यमा सघाउ पुर्‍याउने प्रयोजनका लागि अत्यावश्यक बैंकिङ सेवा सुचारु हुनेछ ।

साथै बैंकहरूले सेवा सुचारु रहेको जानकारी पनि सर्वसाधारणलाई दिनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij