चिनियाँ विद्युतीय सवारीसाधन निर्माता कम्पनी बीवाईडी र नेपालका लागि यसको आधिकारिक वितरक तथा स्थानीय साझेदार साइमेक्स इन्क प्रालिले बाढी प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि ७ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
कम्पनीहरूले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएका छन्। बुधबार आएको विनाशकारी बाढीबाट विशेषगरी रसुवा जिल्ला प्रभावित भएको छ।
बीवाईडीका अनुसार सरकारको आधिकारिक विपद् राहत तथा पुनर्स्थापना संयन्त्रमार्फत परिचालन हुने यो सहयोग उद्धार, उपचार, तत्काल राहत, पुनर्स्थापना तथा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा उपयोग हुनेछ। यसबाट बाढी प्रभावित परिवार तथा समुदायलाई पुनःस्थापित हुन सहयोग पुग्ने कम्पनीको विश्वास छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij