२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बाढी पीडितको उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

बाढी पीडितको उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

405
Shares

काठमाडौं -नासा सेक्युरिटिजले देशका विभिन्न भागमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार र तत्काल राहत कार्यमा सहयोग पुर्‍याउन ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । रसुवा, नुवाकोट, धादिङ तथा भोटेकोशी तटीय क्षेत्रहरूमा हालै आएको विनाशकारी बाढीले पुर्‍याएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरेको जनाएको छ ।

विपदका बेला संकटमा परेका नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत वितरण कार्यमा टेवा पुगोस् भन्ने उद्देश्यले ५० लाख रुपैयाँ सहयोग गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले यो प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्ण नागरिकहरूप्रति भावपूर्ण श्रद्धान्जली पनि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij