काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ८५ लाख कित्ताबढी सेयर सूचीकृत भएको छ । नेप्सेमा दुई कम्पनीको कुल ८५ लाख ५ हजार ७४९.१९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
जसमा प्रभु इन्स्योरेन्सको ८.७० प्रतिशतले हुन आउने कुल १४ लाख ७९ हजार ८३१.६५ कित्ता सेयर सूचीकृत भएको छ। त्यस्तै, चिलिमे हाइड्रोपावरको ८ प्रतिशतले हुन आउने कुल ७० लाख २५ हजार ९१७.५४ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि खरिदबिक्री गर्न सकिनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij