२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बाढीपीडितलाई शिवसताक्षीका कर्मचारीको आर्थिक सहयोग

बाढीपीडितलाई शिवसताक्षीका कर्मचारीको आर्थिक सहयोग

280
Shares

भद्रपुर -भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि झापाको शिवसताक्षी नगरपालिकाका कर्मचारीले करिब रु आठ लाख जम्मा गरेका छन् ।

नगरपालिकाका कर्मचारीको आज बसेको बैठकले अधिकृत तहका कर्मचारीबाट जनही रु पाँच हजार, सहायक चौथो र पाँचौँ तहबाट जनही रु चार हजार तथा कार्यालय सहयोगी र सवारी चालकबाट रु तीन हजारका दरले रकम जम्मा गरेका हुन् ।

नगरपालिकाका लेखा अधिकृत प्रकाश योङहाङका अनुसार सङ्कलन भएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने बताउनुभयो । नगरपालिकामा १८२ जना कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij