काठमाडौं – लुम्बिनी विकास बैंक लिमिटेडले पाँच वर्षभन्दा बढी समयदेखि वितरण हुन नसकेको अवितरित लाभांश रकम बुझिलिन सम्बन्धित सेयरधनीहरूलाई आग्रह गरेको छ।
बैंकका अनुसार विगतमा साविक वीरगञ्ज फाइनान्स लिमिटेड, साविक सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेड, साविक लुम्बिनी फाइनान्स एन्ड लिजिङ कम्पनी लिमिटेड तथा लुम्बिनी विकास बैंक लिमिटेडबाट घोषणा गरिएका विभिन्न आर्थिक वर्षका लाभांश रकम लामो समयदेखि सम्बन्धित सेयरधनीले बुझिनलिएका कारण त्यस्ता सेयरधनीहरुलाई यस्तो आग्रह गरिएको हो ।
बैंकले आफ्नो नाममा अवितरित लाभांश रकम बाँकी रहेका सेयरधनीहरूलाई सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र आफ्नो परिचय खुल्ने प्रमाणसहित बैंकको केन्द्रीय कार्यालय, डिल्लीबजार, काठमाण्डौमा सम्पर्क गरी लाभांश रकम बुझिलिन अनुरोध गरेको छ।
बैंकले पाँच वर्षभन्दा बढी अवधिसम्म पनि लाभांश रकम बुझिलिन नआएका सेयरधनीहरूको विवरण तथा अवितरित रकम सार्वजनिक गरेको छ। बैंकका अनुसार तोकिएको अवधिभित्र सम्बन्धित सेयरधनीहरू सम्पर्कमा नआएमा प्रचलित कानूनी व्यवस्था बमोजिम उक्त अवितरित लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिनेछ।
यसैगरी, बैंकले अवितरित लाभांश रकम बाँकी रहेका सेयरधनीहरूको विवरण आफ्नो वेबसाइटमा समेत सार्वजनिक गरेको जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij