२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विपदमा एकजुट हुन अर्थ नेपाल डटकमको आग्रह

विपदमा एकजुट हुन अर्थ नेपाल डटकमको आग्रह

400
Shares

काठमाडौं -विपद्को कठिन घडीमा पीडित तथा प्रभावित परिवारको सहयोगका लागि एकजुट हुन अर्थ नेपाल डटकमले सबैमा आग्रह गरेको छ ।

अर्थ नेपाल डटकमले विपद्बाट प्रभावित परिवारको दुःखमा साथ दिँदै आफ्नो क्षमता र सामर्थ्यअनुसार मानवीय सहयोग जुटाउन तथा आवश्यक स्थानमा पुर्‍याउन अपिल गरेको हो ।

“विपद्मा एकता नै हाम्रो शक्ति हो । मानवीय सहयोग नै हाम्रो कर्तव्य हो,” अर्थ नेपाल डटकमले जनाएको छ ।

विपद्को समयमा पीडित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, औषधि तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउन तथा राहत तथा उद्धार कार्यमा सहयोग गर्नसमेत अर्थ नेपाल डटकमले आग्रह गरेको छ ।

अर्थ नेपाल डटकमले विपद्मा परेका नागरिकको पीडामा सबैले हातेमालो गर्दै मानवीय संवेदना र सामाजिक उत्तरदायित्व प्रदर्शन गर्नुपर्नेमा जोड दिएको छ ।

“आउनुहोस्, विपद्मा एकजुट हौँ । मानवीय सहयोग जुटाऔँ।”

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij