२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बाढीपीडितको उपचारमा स्वास्थ्य टोली परिचालन

बाढीपीडितको उपचारमा स्वास्थ्य टोली परिचालन

475
Shares

मकवानपुर- बागमती प्रदेश सरकारले बाढी तथा विपद्का कारण प्रभावित क्षेत्रमा आपत्कालीन स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशअन्तर्गतका अस्पतालबाट स्वास्थ्यकर्मी परिचालन थालेको छ ।
प्रदेशका स्वास्थ्य सचिव डा सुमित्रा गौतमको संयोजनमा भक्तपुर अस्पतालबाट बाढीपीडितको उपचारका लागि डा दिवाकर सुवेदी (हाडजोर्नी तथा नशा रोग विशेषज्ञ), डा विजय भट्ट (जनरल सर्जन) र (मेडिकल अधिकृत डा कविकान्त चौधरी टोली बाढी प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ ।
बागमती प्रदेश मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालका अनुसार, टोखा चण्डेश्वरी अस्पतालबाट त्रिशूलीतर्फ आकस्मिक स्वास्थ्य टोली परिचालन गरी सकिएको छ ।
टोलीमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा लक्ष्मण खड्का, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा सिबेश बर्मा, एनेस्थेसिया सहायक सङ्गीता छत्कुली सहित हुनुहुन्छ ।
बज्रबाराही अस्पतालबाट पनि आकस्मिक स्वास्थ्य टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । त्यस टोलीमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा कासिन नेपाली, मेडिकल अधिकृत डा आयुषजंग थापा, एनेस्थेसिया सहायक सूर्य बमसहित रहनुभएको छ ।

प्रदेश सरकारले अन्य प्रादेशिक अस्पतालबाट स्वास्थ्यकर्मी परिचालनको तयारी गरेको जनाएको छ ।
विपद्को अवस्था थप जटिल हुन सक्ने जनाउदै प्रदेश सरकारले मातहतका सम्पूर्ण अस्पताललाई आवश्यक औषधि, स्वास्थ्य सामग्री तथा जनशक्ति तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij