२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रसुवा बाढीमा मालवाहक सवारीसाधनसहित व्यवसायी र मजदुर सम्पर्कविहीन, उच्च सतर्कता अपनाउन ट्रक महासंघको आग्रह

रसुवा बाढीमा मालवाहक सवारीसाधनसहित व्यवसायी र मजदुर सम्पर्कविहीन, उच्च सतर्कता अपनाउन ट्रक महासंघको आग्रह

530
Shares

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी काठमाडौं – महासंघले रसुवाको टिमुरेमा चीनको तिब्बती भू–भागबाट आएको बाढीले मालवाहक सवारीसाधन, यातायात व्यवसायी तथा मजदुरहरू प्रभावित भएको जनाएको छ।

महासंघका अनुसार बाढीले टिमुरे भन्सार यार्डमा रहेका मालवाहक सवारीसाधन बगाएको छ भने बेत्रावती क्षेत्रमा पार्किङ गरिएका मालवाहक सवारीसाधनमा समेत ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

महासंघअन्तर्गतका सदस्य संस्थामा आबद्ध केही सवारीसाधन व्यवसायी तथा मजदुरहरू सम्पर्कविहीन रहेको भन्दै महासंघले सम्बन्धित संस्थासँग सम्पर्कमा रहन तथा सुरक्षा निकायको सम्पर्कमा जान आग्रह गरेको छ।

बाढीको जोखिम अझै कायम रहेकाले नदी किनार तथा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षा निकायले जारी गरेका निर्देशन पालना गर्न महासंघले यातायात व्यवसायी, मजदुर तथा सर्वसाधारणलाई अनुरोध गरेको छ।

महासंघले विपद्को यस घडीमा उद्धार तथा जोखिम न्यूनीकरण कार्यमा आ–आफ्नो स्थानबाट सहयोग गर्नसमेत सबैमा अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij