२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

उत्तरगया गाउँपालिकामा रहेका जलविद्युत् आयोजना र नदी आसपासमा घर क्षतिग्रस्त

उत्तरगया गाउँपालिकामा रहेका जलविद्युत् आयोजना र नदी आसपासमा घर क्षतिग्रस्त

430
Shares

काठमाडौँ- रसुवाको भोटेकोशी नदीदेखि आएको बाढीका कारण रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा क्षेत्रमा रहेका अधिकांश जलविद्युत् आयोजना र त्रिशूली नदी आसपासमा रहेका घरहरु प्रभावित भएका छन् ।

गाउँपालिकाका अध्यक्ष माधव अर्यालका अनुसार नदी तटीय क्षेत्रका आयोजनाका संरचना, गाउँपालिकाको कार्यालय र नजिकका घरहरू प्रभावित भएका छन् । सो क्षेत्रमा पूर्वसूचना प्राप्त भए पनि सूचनाको १५ मिनेटमै बाढीले प्रहर गर्न थालेको र केन्द्र सरकारको सम्बन्धित निकायलाई उद्धारका लागि आग्रह गरिएको उहाँले बताउनुभयो ।

अध्यक्ष अर्यालले मानवीय क्षतिको विवरण आइनसकेको र पूर्वसूचना तथा उद्धारमा गएका कर्मचारीसमेत सम्पर्कविहीन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij