२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण

राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण

560
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। गभर्नर प्राडा विश्वनाथ पौडेलसमक्ष रावलले आज शपथ ग्रहण गरेका हुन्। शपथपछि उनले पदभारसमेत ग्रहण गरेका छन्।
नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ भदौ ३ गतेको निर्णयअनुसार रावल डेपुटी गभर्नरमा नियुक्त भएका हुन्।

शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले नवनियुक्त डेपुटी गभर्नर रावललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। रावलले २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा नेपाल राष्ट्र बैंकको सेवामा प्रवेश गरेका थिए। त्यसपछि २०६९ सालमा उपनिर्देशक र २०७५ सालमा निर्देशक भएका रावल २०८२ जेठ १९ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए।

कार्यकारी निर्देशकका रूपमा पदोन्नति भएपछि रावलले नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागको नेतृत्व सम्हाल्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij