२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी

इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी

395
Shares

मुस्ताङ- चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक सय वटा विद्युतीय वाहन भित्रिएका छन् ।

मुस्ताङ भन्सार कार्यालयका अनुसार एक महिनामा यो नाकाबाट आयात भएका विद्युतीय सवारी साधन र अन्य सामग्रीबाट राज्यकोषमा रु २९ करोड राजस्व दाखिला भएको छ ।

यो नाकाबाट दैनिक १० वटा कन्टेनरको भन्सार जाँचपास भइरहेको भन्सार प्रमुख विदुर चुडाललले राससलाई जानकारी दिनुभयो ।

गत आवमा यहाँबाट तीन हजार विद्युतीय सवारीसाधन आयात भएका थिए । गत आवमा रु छ अर्ब ९२ करोड राजस्व सङ्कलन भएको थियो । यो नाका इभी आयातको नयाँ मार्गका रुपमा विकसित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij