२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा

540
Shares

काठमाडौं- सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका बन्दमुखी योजनाहरू सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–३ को लाभांश घोषणा भएको छ।

सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सञ्चालनमा रहेका बन्दमुखी योजनाहरू सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इक्विटी फण्ड २, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–३ को लेखापरीक्षण कार्य सम्पन्न भएको छ।

योजनाको लेखापरीक्षण कार्य सम्पन्न भए लगत्तै योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको भदौ १ गते सोमबार दिउँसो साढे ३ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ का इकाईधनीका लागि ८ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–३ का इकाईधनीका लागि १० प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij