काठमाडौं – नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट भरतजंग पाण्डे अध्यक्ष पदमा निर्वाचित भएका छन्।
५९ औँ वार्षिक साधारणसभा तथा २५ औँ कार्यसमिति निर्वाचनअन्तर्गत तीन समूहबीच भएको प्रतिस्पर्धामा पाण्डेले १८८ मत प्राप्त गरी जित हासिल गरेका हुन्। अध्यक्ष पदका लागि त्रिपक्षीय प्रतिस्पर्धामा पाण्डेले १८८ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी युविका भण्डारीले १५८ मत र जिश्वा तुलाधर श्रेष्ठले १०६ मत प्राप्त गरे।
निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष पदमा २५१ मत ल्याएर सुनिल शर्मा विजयी भएका छन्। उपाध्यक्षमा सविता केसी भट्टराई १७७ मत, महासचिवमा राजकुमार देवकोटा १५८ मत, सचिवमा रमेश पराजुली १९५ मत, कोषाध्यक्षमा डिकी शेर्पा २०८ मत र सहसचिव तथा सहकोषाध्यक्षमा जीवन कोइराला १६६ मत ल्याएर निर्वाचित भएका छन्।
कार्यसमिति सदस्यहरूमा स्मारिका थापा, प्रकाश लोहनी, नवीन गुरुङ, दिनेश मैनाली, सुमनलाल श्रेष्ठ, स्वस्तिका प्रधान, संकेत दाहाल र विभास पौडेल चयन भएका छन्। एभरेस्ट मिराकल ट्राभल एन्ड टुर्सका सञ्चालक पाण्डे पर्यटन व्यवसायमा लामो अनुभव बोकेका व्यवसायी हुन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij