२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सङ्खुवासभामा २२० केभी प्रसारण लाइन आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा

सङ्खुवासभामा २२० केभी प्रसारण लाइन आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा

430
Shares

सङ्खुवासभा सङ्खुवासभामा २२० केभी प्रसारण लाइन आयोजनाले वन क्षेत्रको जग्गा प्रयोग गरेबापत सट्टाभर्ना जग्गा उपलब्ध गराएको छ ।

नेपाल विद्युत् प्राधिकरणको तुम्लिङटार–सितलपाटी २२० केभी प्रसारण लाइन आयोजनाले वन क्षेत्रको जग्गा प्रयोग गरेबापत डिभिजन वन कार्र्यालयलाई सट्टाभर्ना जग्गा उपलब्ध गराएको हो ।

प्रसारण लाइन तथा टावर निर्माणका लागि प्रयोग गरिएको राष्ट्रिय वन क्षेत्रको क्षतिपूर्तिस्वरूप आयोजनाले जग्गा खरिद गरी सरकारको नाममा हस्तान्तरण गरेको छ । प्राधिकरणको २८.४८ हेक्टर सट्टाभर्ना जग्गा उपलब्ध गराएको डिभिजन वन कार्यालयका सूचना अधिकारी अधिकारी डम्बर भण्डारीले जानकारी दिनुभयो । आयोजनाले खाँदबारी नगरपालिका–९, ८, २ र १० मा रहेको राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गरेको थियो ।

आयोजनाले पाँचखपन नगरपालिका–४ मा रहेका ७१ वटा कित्ता जग्गा खरिद गरेर हस्तान्तरण गरेको सूचना अधिकारी भण्डारीले बताउनुभयो । आयोजनाले ७१ वटा कित्ताको जग्गा रजिस्ट्रेसन पास गरेर डिभिजन वन कार्यालयलाई केही दिनअघि हस्तान्तरण गरेको हो ।

त्यसैगरी, मकालु गाउँपालिका–५ मा निर्माण हुन लागेको २४.९२ मेगावाट क्षमताको इन्दुवाखोला जलविद्युत् आयोजनाले रुख कटानबापत रु दुई करोड ५२ लाख २५ राजस्व तिरेको छ । मकालु–५ मा निर्माण हुनलागेको आयोजनाले स्याहार, सम्भार र व्यवस्थापनका लागि दुई करोड बढी राजस्व तिरेको वन कार्यालयका सूचना अधिकारी भण्डारीले जानकारी दिनुभयो ।

सो आयोजनामा ६०७ वटा रुख कटान हुनेछन् । जिल्लामा सामुदायिक वनको सङ्ख्या २९० छन् । सङ्खुवासभामा ३८ हजार ४८५ वर्ग किलोमिटर क्षेत्र वनले ओगटेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij